झापा, बैशाख ३१ । हात्तीपाईले रोगबिरुद्धको आम औषधि सेवन अभियानको अवधि थप गरिएको छ ।

बैशाख १६ देखि बैशाख ३० सम्म झापासहित सात वटा जिल्लाहरुमा हात्तीपाईले रोगबिरुद्धको आम औषधि सेवन अभियान संचालन भएको थियो । केही स्थानहरुमा अपेक्षित लक्ष्य हासिल हुन नसकेपछि थप १० दिनसम्म अभियान लम्ब्याइएको स्वास्थ्य सेवा विभागको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले जनाएको छ । महाशाखाका निर्देशक डा. रुद्रप्रसाद मरासिनीले परिपत्र गर्दै यो अभियान बैशाख ३० गतेसम्म निर्धारण गरिएकोमा थप १० दिनसम्म संचालन गरिने जनाएका छन् ।

उनले हालसम्मको प्रगति हेर्दा अधिकांश जिल्ला तथा स्थानीय तहहरुमा लक्षित जनसंख्याको उत्साहजनक सहभागिता रहेको भएता पनि केही स्थानहरुमा अपेक्षित लक्ष्य हासिल हुन नसकेको र केही व्यक्ति तथा समुदायले आफैँ पनि औषधि नखाने र छरछिमेक समुदायका अन्य व्यक्तिहरुलाई समेत भ्रामक सूचना दिई औषधि नखान उत्प्रेरित गर्ने क्रियाकलाप भइरहेको सूचना प्राप्त भएकोले यस्ता कार्य नगरिदिनु हुन र यस राष्ट्रिय अभियानमा सवैको सहभागिता तथा सहयोगका लागि अपिल गरेका छन् ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्