झापा, बैशाख ३१ । झापाको कनकाई नगरपालिकामा करेन्ट लागेर एक महिलाको मृत्यु भएको छ ।

कनकाई नगरपालिका–२ बस्ने २३ वर्षीया मिना श्रेष्ठको करेन्ट लागेर हिजो साँझ मृत्यु भएको हो । आफ्नै घरमा होल्डरमा बल्ब लगाउने क्रममा करेन्ट लागेर गम्भीर घाइते भएकी उनको बीएण्डसी अस्पताल बिर्तामोडमा उपचारको क्रममा मृत्यु भएको जनाइएको छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्