झापा, जेठ १ । काँकरभिट्टाको मेची पुलमा लागूऔषधसहित एकजना अटो चालक पक्राउ परेका छन् ।

गएराति ९ बजेको समयमा मेचीनगर नगरपालिका ६ पुरानो मेची पुलमा लागूऔषध नियन्त्रण ब्युरो काँकरभिट्टा र इलाका प्रहरी कार्यालय काँकरभिट्टाबाट खटिएको प्रहरी टोलीले भारतको पानीट्याङ्कीबाट नेपालतर्फ आउँदै गरेको प्रदेश नं.१–०१–००२ ह ७९७ नम्बरको अटोलाई रोकेर अटो चालक ताप्लेजुङ मैवाखोला गाउँपालिका ४ घर भई हाल ईलामको माई नगरपालिका ४ दानाबारी बस्ने बर्ष ३१ का उमेश शेर्पालाई शंका लागेर चेकजाँच गर्दा उनको साथबाट प्लाष्टिकसहित ५ ग्राम १९० मिलिग्राम ब्राउनसुगर फेला परेको थियो ।

अटोसहित उनलाई नियन्त्रणमा लिई थप अनुसन्धान जारी रहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्