झापा, जेठ १ । बिर्तामोड ७ स्थित कञ्चन इङ्ग्लिस बोर्डिङ स्कुलको आयोजनामा आजदेखि निःशुल्क योग शिविर शुरु भएको छ ।

पतञ्जलि योग नगरसमिति बिर्तामोडको सहकार्यमा १५ दिने योग शिविर संचालन गरिएको हो । शिविरलाई आज बिहान बिर्तामोड ७ का वडाध्यक्ष अविरल कृष्ण खरेलले उद्घाटन गरेका छन् । बिहान ४.३० देखि ६ बजेसम्म निःशुल्क योग सिकाउन थालिएको कञ्चन इङ्गिलस बोर्डिङ स्कुलका संचालक बद्री बाँस्कोटाले बताए । विद्यार्थी र अभिभावकहरुलाई योगको माध्यमबाट निरोगी बनाउन योग शिविर आयोजना गरिएको उनले जानकारी दिए ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्