झापा,जेठ १ । क्रिकेटर सन्दीप लामिछानेले पुनरावेदन गरेको मुद्दाको पेशी आजलाई तोकिएको छ । काठमाडौँ जिल्ला अदालतको फैसला अस्वीकार गर्दै उच्च अदालत पाटनमा दर्ता गराएको मुद्दाको पेशी आजका लागि तोकिएको हो ।

वैशाख २३ गते लामिछानेको मुद्दा उच्च अदालत पाटनका मुख्य न्यायाधीश नृपध्वज निरौला र दुर्गाप्रसाद ढुङ्गेलको संयुक्त इजलासमा पहिलो नम्बरमा परेको भए पनि हेर्न नमिल्ने भन्दै पन्छाइएको थियो । जिल्ला अदालत काठमाडौँले गौशाला २६ द्वारा दायर गरिएको बलात्कारको मुद्दामा सन्दीपलाई दोषी ठह¥याएर आठ वर्षको जेल सजाय सुनाएको थियो । जिल्ला अदालत काठमाडौँको उक्त फैसलाविरुद्ध सन्दीपले उच्च अदालत पाटनमा पुनरावेदन गरेका थिए ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्