झापा,जेठ १ । प्रहरीले लागुऔषध कारोबारमा संलग्न व्यक्तिलाई पक्राउ गर्न गोली चलाएको छ। मोरङ रतुवामाइ नगरपालिका ६ मा प्रहरीले गोली चलाएर लागुऔषध कारोबारी भारतीय नागरिक भागिरथ हरिजनलाई नियन्त्रणमा लिएको हो।

लागुऔषध नियन्त्रण ब्यूरो काठमाडौंबाट खटिएको प्रहरी नायव निरीक्षक बालकृष्ण सञ्जेल नेतृत्वको टोलीले भारतीय नागरिक हरिजनलाई गोली प्रहार गरी नियन्त्रणमा लिएको हो। हरिजनको अहिले स्थानीय अस्पतालमा उपचार भइरहेको छ। उनको खुट्टामा चोट लागेको छ। लागुऔषध कारोबारी हरिजन शिक्षण पेशामा आवद्ध रहेको स्रोतले बताएको छ।

लागुऔषध कारोबारमा संलग्न भएको सूचना पाएपछि प्रहरीले उनलाई पक्राउ गर्न खोजेको थियो। पक्राउ गर्न खोज्दा प्रहरीमाथि नै आक्रमण गर्न खोजेपछि गोली चलाएर उनलाई नियन्त्रणमा लिएको लागुऔषध नियन्त्रण ब्यूरो स्रोतले जनाएको छ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्