झापा,जेठ १ । धनकुटाको साँगुरिगढी गाउँपालिका–६ कोशी लोकमार्गमा टिपरको ठक्करबाट पैदल यात्री बालकको मृत्यु भएको छ । मंगलबार बिहान साढे ९ बजे प्र १–०२–००१ ख ८९३४ नम्बरको टिपरको ठक्करबाट धरान–१७ घर भई साँगुरिगढी– ६ बस्दै आएका १० वर्षीय शिसाङ विश्वकर्माको घटनास्थलमै मृत्यु भएको हो ।

घटनामा संलग्न ठक्कर दिने टिपर र चालक ४२ वर्षीय सरोज सुब्बालाई प्रहरीले नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय धनकुटाले जनाएको छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्