इलाम, जेठ १ । अपांगता भएका व्यक्तिहरुका लागि चार दिने क्षमता अभिवृद्धि तालिम मंगलवारदेखि रोङ गाउँपालिकामा शुरु भएको छ ।

रोङ गाउँपालिका महिला तथा बालबालिका शाखाको आयोजनामा रोङ ३ कुटीडाँडामा तालिम शुरु भएको हो । रोङ गाउँपालिकाका अध्यक्ष मणिकुमार स्याङ्वोले तालिमको उद्घाटन गर्दै अपांगता भएका व्यक्तिहरुलाई सवल र सक्षम बनाउन त्यस किसिमको तालिम संचालन गरिएको बताए । उनले अधिकारको खोजीसंगै दायित्व बोधसमेत गर्न आग्रह गरे ।

कार्यपालिका सदस्य तथा अपांगता समन्वय समिति सदस्य इन्दिरा सिलवालको अध्यक्षता तथा गाउँपालिका अध्यक्ष स्याङ्वोको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा रोङ ३ का वडा अध्यक्ष मातृका बराल , संयुक्त अपांगता संघका अध्यक्ष रमेश बराललगायतले शुभकामना मन्तव्य राखेका थिए । सि.वि.आर. सहजकर्ता भवानी राईले संचालन गरेको कार्यक्रममा स्वागत मन्तव्य अपांगता सहायता कक्ष सहजकर्ता झुमा फलालीले गरेकी थिइन् । कार्यक्रममा वडा सदस्य लिला राउतको पनि आतिथ्यता रहेको थियो । १६ जना सहभागी रहेको तालिमको सहजकर्ता प्रतिदिन दैनिकका सम्पादक इन्द्रसिंह राजवंशी रहेका छन् ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्