झापा,जेठ १ । सरकारले गरिबीको रेखामुनि रहेका परिवारलाई विद्युतीय चुलो र ट्युबवेल लगायत सामग्री उपलब्ध गराउने नीति अघि सारेको छ।

आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम प्रस्तुत गर्दै राष्ट्रपति रामचन्द्र पौडेलले यस्तो बताएका हुन्।

उनले गरिब घर–परिवार पहिचान पनि गरिने बताए। पहिचान भएका गरिबहरूको स्थानीय तहमार्फत निःशुल्क बिमा गरिने बताएका छन्।

गरिब लक्षित कार्यक्रम एकीकृत रूपमा अघि बढाइने पनि राष्ट्रपति पौडेलले उल्लेख गरेका छन्।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्