झापा, जेठ २ । नागरिक बचाउ महाअभियान नेपालले नागरिकको जीवन रक्षाका लागि भन्दै पोखरामा नाट्य अभियान सुरु गरेको छ ।

बैंक, सहकारी, लघुबित्त र मिटरब्याजीहरुको दमनलाई सहन गर्न नसकी नागरिकहरुले आत्मदाह गर्न थालेको भन्दै उनीहरुमा सचेतना जगाउँदै राज्यको ध्यानाकर्षण होस् भनेर यस प्रकारको नाट्य अभियान सञ्चालन गरिएको राष्ट्र राष्ट्रियता धर्म संस्कृति तथा नागरिक बचाउ महाअभियानका केन्द्रीय संगठन बिभाग प्रमुख हरि कार्कीले जानकारी दिए ।

बैंक तथा वितीय संस्थाहरुबाट लिइएको ऋण , ऋणको उच्चतम ब्याज दर,हर्जाना, मिटरब्याजी प्रणाली,बाणिज्य तथा उद्योग ब्यवसायको क्षेत्रमा आर्थिक मन्दीपछि देखिएको धरासायी अबस्थाबाट कुनै पनि विकल्प नपाएर आत्महत्या गर्न बाध्य नागरिकलाई संयमित भइ धैर्यधारण गर्न र ऋण असुलीको बहानामा ऋणीहरुलाई मानसिक , आर्थिक र सामाजिक यातना दिएर मर्न बाध्य तुल्याइरहेका बैंक , सहकारी, लघुबित्त र मिटरब्याजीहरुलाई यस प्रकरको ऋण असुली तत्काल बन्द गर्न र २०लाखसम्मको ऋण मिनाह गरि नागरिकको जीवन रक्षा गर्न सरकारलाई दवाब दिने उद्धेश्यले पोखराबाट अभियान थालिएको क्षितिज नाट्य प्रतिष्ठानका केन्द्रीय अध्यक्ष तथा नाटकका निर्देशक माधब कल्पितले बताए ।

जेठ १ गते पोखरा महानगरपालिकाको अमरसिंह माविको खेलमैदानबाट सुरु गरिएको नाट्य अभियान कास्की , धौलागिरी र गण्डकी अञ्चलका बिभिन्न जिल्लाका दूरदराजसम्म पुगेर प्रस्तुत गरिने र जेठ ९ गते नागरिक बचाउ महाअभियान गण्डकी अञ्चलद्वारा पोखरामा आयोजना हुने नागरिक सभामा मञ्चनपश्चात् समापन गरिने नाटकका निर्देशक कल्पितले जानकारी दिएका छन् ।

नाटकमा निर्देशक माधब कल्पित, ओमप्रकाश लुइँटेल, अनु श्रेष्ठ , सुजना खतिवडा , हरि श्रेष्ठलगायतका कलाकारहरुको अभिनय रहेको अभियानका गण्डकी अञ्चल संयोजक यदु सिग्देलले जानकारी दिएका छन् ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्