झापा,जेठ २ । नेपाली कांग्रेसको भातृ संस्था नेपाल आदिवासी जनजाति महासङ्घ क्षेत्र नं. १ सुनसरीको सभापतिमा दिनेश राई सर्वसम्मत निर्वाचित भएका छन् ।

कांग्रेसका क्षेत्रीय सभापति सुजेन्द्र तामाङको अध्यक्षतामा धरानमा भएको महासङ्घको प्रथम अधिवेशनबाट उनी सर्वसम्मत निर्वाचित भएका हन् । उनीसँगै अन्य पदाधिकारी, सदस्य र केन्द्रीय महाधिवेशन प्रतिनिधि समेत सर्वसम्मत निर्वाचित भएका छन् ।

उपसभापतिद्वयमा इन्दु राजधामी र सन्तोष राई, सचिवद्वयमा सरिता मोक्तान र उज्ज्वल हलवाई, सहसचिवद्वयमा रामबहादुर श्रेष्ठ र रिजन तामाङ सर्वसम्मत निर्वाचित भएका छन् ।

त्यसैगरी, सदस्यहरूमा गीता श्रेष्ठ, दिपेश राई, रतन गुरुङ, सगुन लिम्बु, पुकार तामाङ, मोहित राई, दिलकृष्ण तामाङ, धनमाया लिम्बु, सङ्गीता सुनुवार लिम्बु र निर्मला राई रहेका छन् ।

अधिवेशनले सर्वसम्मत रूपमा केन्द्रीय महाधिवेशन प्रतिनिधि समेत निर्वाचित गरेको छ । निर्वाचित केन्द्रीय महाधिवेशन प्रतिनिधिहरू तिलकबहादुर सुनुवार, राजदीप लामा, राजकुमार भुजेल, मन्जिल कसजु, रमिना सुब्बा र रमिता श्रेष्ठ रहेका छन् ।

निर्वाचित सबैलाई मतदान अधिकृत इन्द्रमोहन झाले शपथ ग्रहण गराउनुका साथै प्रमाणपत्र प्रदान गरेका थिए । नवनिर्वाचित सभापति राईले गरिमामय सभापतिको जिम्मेवारी सुम्पिएको नेतृत्व वर्गलाई धन्यवाद ज्ञापन गर्दै आफूप्रतिको विश्वासमा आवाञ्छित आरोप आउने कुनैपनि गतिविधि नगरी पार्टीको आदर्शबाट अविचलित रही समग्र आदिवासी जनजाति समुदायलाई पार्टीसँग जोड्दै समुदायको हकहीतका लागि प्रतिबद्ध भई कार्य गर्ने प्रतिबद्धता व्यक्त गरेका थिए ।

कार्यक्रममा नेपाली कांग्रेसका प्रदेश सभा १(२) सभापति मुरारी भट्टराई, महासमिति सदस्य जगतबहादुर कार्की, महाधिवेशन प्रतिनिधिद्वय ललिता अधिकारी शर्मा र पूजा धामीलगायतका नेताहरूको उपस्थिति रहेको थियो ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्