झापा, जेठ ४ । कोशी प्रदेशमा मन्त्रीमण्डल विस्तार भएको छ ।

मुख्यमन्त्री हिक्मतकुमार कार्कीले ७ मन्त्री र २ राज्यमन्त्रीसहित आज सरकार विस्तार गरेका हुन् । विस्तारित मन्त्रीमण्डल अनुसार आर्थिक मामिला तथा योजना मन्त्रालयमा रामबहादुर मगर, भौतिक पूर्वाधार विकास मन्त्रालय गणेश उप्रेती, आन्तरिक मामिला तथा कानून मन्त्रालयमा लिलाबल्लभ अधिकारी, स्वास्थ्य मन्त्रालयमा राजेन्द्र कार्की, खानेपानी, सिंचाइ तथा ऊर्जा मन्त्रालयमा एकराज कार्की, सामाजिक विकास मन्त्रालयमा पाँचकर्ण राई, उद्योग, कृषि तथा सहकारी मन्त्रालयमा मुख्यमन्त्री आफैं र पर्यटन, वन तथा वातावरण मन्त्रालयमा नारायण बुर्जा मगर मन्त्री नियुक्त भएका छन् ।

दुई राज्यमन्त्रीहरु सिर्जना राई मुख्यमन्त्री कार्यालय र बन्दना झाँगडलाई पर्यटन, वन तथा वातावरण मन्त्रालयको जिम्मेवारी दिईने भएको छ । झापाका एकराज कार्की दोस्रो पटक मन्त्री बनेका हुन् । यसअघि उनी हिक्मतकुमार कार्की नै मुख्यमन्त्री भएका बेला भौतिक पूर्वाधार विकास मन्त्री बनेका थिए ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्