बिर्तामोड, जेठ ४ । झापाको बिर्तामोड ४ मा परालको थुप्रोमा एक बेवारिसे शव फेला परेको छ ।

बिर्तामोड ३ को आदर्श चोकदेखि उत्तर जाने ग्राभेल सडकको पश्चिमपट्टि खेतको बीचमा रहेको परालको थुप्रोमा अन्दाजी वर्ष ५५–६०का व्यक्तिको बेवारिसे शव आज दिउँसो फेला परेको हो । शव देखेर स्थानीयले प्रहरीलाई खबर गरेका थिए । मागिखाई हिड्ने व्यक्ति मृत फेला परेको स्थानीयले बताएका छन् ।

मृतक बिर्तामोड ६ का कुर्मी थरका व्यक्ति भएको बताइएपनि त्यहाँ गएर बुझ्दा पुष्टि नभएको इलाका प्रहरी कार्यालय बिर्तामोडका डीएसपी प्रकाश विष्टले बताए । शवलाई पोस्टमार्टमका लागि प्रादेशिक अस्पताल भद्रपुर पठाइएको उनले जानकारी दिएका छन् । बिरामी रहेका ती व्यक्तिको अत्यधिक गर्मीका कारण मृत्यु भएको हुनसक्ने आशंका गरिएको छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्