बिर्तामोड,जेठ ४ । घर निर्माणका क्रममा चारतले घर माथिबाट खसेर बिर्तामोडमा एकजना मजदुरको मृत्यु भएको छ ।

बिर्तामोड १ का दिनेश मैनालीको घर निर्माण गर्नेक्रममा चार तला माथिबाट खसेर हिजो दिउँसो १२.५० बजे भारत बोतलवारी घर भएका २० वर्षीय चामाल हक गंभीर घाइते भएका थिए । उनलाई उपचारको लागि बिर्तासिटी हस्पिटल लगिएकोमा उपचारका क्रममा दिउँसो सवा ३ बजे मृत्यु भएको थियो ।

मृतकका आफन्त आज बिहान मात्र आइपुगेकाले प्रादेशिक अस्पताल भद्रपुरमा पोस्टमार्टम गराई आज दिउँसो मृतकका बुवालाई शव जिम्मा दिइएको इलाका प्रहरी कार्यालय बिर्तामोडका डीएसपी प्रकाश विष्टले जानकारी दिएका छन् ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्