शनिश्चरे,जेठ ४ । झापाको अर्जुनधारामा संचालित झापा जिल्ला ए डिभिजन लिग फुटबलमा धाइजन चारआली एफसी च्याम्पियन बनेको छ ।

शुक्रवार नमुना खेलमैदानमा भएको फाइनल खेलमा सैनिक युथ क्लबलाई टाइब्रेकरमा ४–३ गोलअन्तरले पन्छाउँदै धाइजन चारआली पहिलोपटक लिग च्याम्पियन बनेको हो । निर्धारित समयमा दुवै टोलीले १–१ गोलको बराबरी खेलेका थिए । खेलको निर्णय टाइब्रेकरबाट लिइएको थियो । धाइजन चारआली समूह क बाट र सैनिक समूह ख बाट विजेता बन्दै फाइनलमा प्रवेश गरेका थिए ।

लिगको सर्वोत्कृष्ट खेलाडी सैनिकका रमेश भण्डारी घोषित भए । सैनिककै विकास लिम्बू सर्वाधिक गोलकर्ता बने । यस्तै, उत्कृष्ट गोलरक्षक धाइजन चारआलीका युवराज पुरी, प्लेयर अफ दी फाइनल धाइजनकै निशान तामाङ र बेस्ट कोच धाइजनकै पूर्ण सुब्बा घोषित भए । च्याम्पियन बनेको धाइजन चारआलीले नगद ५० हजार र ट्रफी पाएको छ भने उपविजेता सैनिकले नगद ३० हजारमा चित्त बुझाएको छ । प्लेयर अफ दी फाइनल बनेका खेलाडीले नगद २ हजार पाए भने अन्य विधागत पुरस्कारतर्फ ३–३ हजार रहेको थियो ।

विजेता तथा उपविजेताहरुलाई अर्जुनधारा नगरपालिकाका प्रमुख बलदेवसिंह गोम्देन, झापा गोल्डकप आयोजक समितिका अध्यक्ष विनोद बस्नेत, झापा जिल्ला फुटबल संघका अध्यक्ष भगिरथ आले मामालगायतले पुरस्कार वितरण गरेका थिए ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्