इलाम, जेठ ५ । अपांगता भएका व्यक्तिहरुका लागि चार दिने क्षमता अभिवृद्धि तालिम इलामको रोङ गाउँपालिकामा सम्पन्न भएको छ ।


रोङ गाउँपालिका महिला तथा बालबालिका शाखाको सहयोग तथा संयुक्त अपांग संघ रोङको आयोजनामा रोङ ३ कुटीडाँडामा तालिम संचालन भएको थियोे । संयुक्त अपांग संघका अध्यक्ष रमेश बरालको अध्यक्षता तथा गाउँपालिका उपाध्यक्ष विष्णुमाया खवासको प्रमुख आतिथ्यमा भएको समापन कार्यक्रममा रोङ गाउँपालिका वडा नं ३ का वडा सदस्य लीला राउत , महिला तथा बालबालिका शाखा प्रमुख अन्जना शाही, प्रशिक्षक प्रतिदिन दैनिकका सम्पादक इन्द्रसिंह राजवंशीलगायतको आतिथ्य रहेको थियो ।

कार्यक्रममा प्रमुख अतिथि गाउँपालिका उपाध्यक्ष खवास , सहजकर्ता राजवंशी , प्रशिक्षार्थीहरु युवराज ढुंगेल, पंखबहादुर राई , संगीता गोलेलगायतले मन्तव्य राखेका थिए । तोया खनालले स्वागत गरेको कार्यक्रमको संचालन टमादेवी घिमिरे र भीषण राईले गरेका थिए । तालिममा रोङ गाउँपालिकाभरिका १६ जना सहभागी रहेका थिए ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्