झापा,जेठ ५ । हिजो साँझ झापाको चन्द्रगढी– चारआली सडकखण्डमा भएको मोटरसाइकल दुर्घटनामा परी चालक गंभीर घाइते भएका छन् ।

साँझ ५.५५ बजेको समयमा भद्रपुर नगरपालिका ९ नहर टोलस्थित चन्द्रगढी– चारआली सडकखण्डमा चारआलीबाट चन्द्रगढीतर्फ आउँदै गरेको मे ५ प ५४६२ नम्बरको मोटरसाईकल आफै अनियन्त्रित भई दुर्घटना भएको हो । दुर्घटनामा मोटरसाईकल चालक दमक नगरपालिका ४ बस्ने अन्दाजी वर्ष ४० का गंगाप्रसाद भट्टराई गंभीर घाईते भएका छन् ।

टाउकोमा चोट लागेर बोल्न नसक्ने गम्भीर अबस्थाका भट्टराईलाई ओमसाई पाथीभरा अस्पताल भद्रपुर लगि उपचार भइरहेकोमा थप उपचारका लागि उनलाई राति बीएण्डसी अस्पताल ल्याइएको छ । बीएण्डसी अस्पतालको भेन्टिलेटरमा उनको उपचार भईरहेको जिल्ला ट्राफिक प्रहरी कार्यालय झापाले जनाएको छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्