झापा, जेठ ५ । गोरखा नगरपालिका – १० छेपेटारस्थित दरौदी नदीमा पौडी खेल्ने क्रममा डुबेर झापा कमल गाउँपालिका – ५ पाडाजुँगी घर भएका १९ वर्षीय समिर श्रेष्ठको मृत्यु भएको छ ।

जिल्ला प्रहरी कार्यालय गोरखाका प्रहरी नायब उपरीक्षक रमेशकुमार श्रेष्ठले हिजो दिउँसो ३ बजे समिरको मृत्यु भएको जानकारी दिए । समिर पालुङटार नगरपालिका – १ खोप्लाङस्थित ठुलो आमाको घरमा बस्दै आएका थिए । समिर पौडी खेल्ने क्रममा दरौदी नदीमा डुबेका थिए । नदीमा डुबेर अचेत अवस्थामा फेला पारी स्थानीयको सहयोगमा समिरलाई उद्धार गरी छेपेटार मेमोरियल अस्पताल लगिएको थियो । त्यहाँबाट रिफर गरी गोरखा अस्पतालमा पुर्याइएकोमा उपचारको क्रममा हिजो साँझ मृत्यु भएको जिल्ला प्रहरी कार्यालय गोरखाले जनाएको छ । घट्नाको बारेमा थप अनुसन्धान भइरहेको प्रहरीको भनाई छ ।

आज समिरको पार्थिव शरीरलाई अन्त्येष्टिको लागि झापाको कन्काई माईको मुक्तिघाटमा लगिने आफन्तले बताएका छन् ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्