झापा,जेठ ५ । हरियाणाको कुण्डली–मानेसर–पलवल द्रुतमार्गको नुहको तावडुमा श्रद्धालुहरुले भरिएको बसमा आगजनी भएको छ । शुक्रबार राती करिब १ः३० बजे आगलागी भएको हो।

दुर्घटनामा ८ भक्तजनको घटनास्थलमै मृत्यु भएको थियो । अन्य २ जनाको उपचारको क्रममा अस्पतालमा मृत्यु भएको जनाइएको छ। त्यस्तै २५ जनाभन्दा बढी मानिस जलेर घाइते भएका छन् । मथुरा–वृन्दावनबाट भक्तहरू फर्किरहेका थिए
घाइतेहरुका अनुसार बसमा ६० जना सवार थिए । उनीहरु सबै पञ्जाब–चण्डीगढका मानिसका आफन्त र बासिन्दा हुन् । उनीहरु दर्शन गरेर मथुरा–वृन्दावनबाट फर्कंदै थिए। गुडिरहेको बसमा आगो देखेपछि स्थानीयले प्रहरी र दमकललाई खबर गरेका थिए ।

घाइतेहरुलाई हाल विभिन्न अस्पतालमा भर्ना गरिएको छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्