झापा,जेठ ५ । भक्तराज आचार्यको जीवनीमा आधारित चलचित्र ‘आचार्य’ १३ वर्षपछि पुनः प्रदर्शन गरिने भएको छ । सन् २०११ मा सो चलचित्र प्रदर्शनमा आएको थियो । गायक तथा चलचित्रका कलाकार सत्यराज आर्चायका अनुसार आचार्यको सम्झनामा चलचित्र पुनः प्रदर्शन गर्न लागिएको हो । चलचित्रमा भक्तराज र सत्यराज मुख्य भूमिकामा देखिएका छन् । उनीहरूसँगै सुनील पोख्रेल, दयाहाङ राई अरुणा कार्की र विपिन कार्कीको अभिनय रहेको छ । सो चलचित्र प्रशान्त रसाइलीले निर्देशन गरेका छन् ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्