झापा,जेठ ५ । एक साता अघि सार्वजनिक भएको ‘बस्यौ अलक्कै’ गीत युट्युव ट्रेङिडको पहिलो नम्बरमा परेको छ।

लोकगायक अर्जुन सापकोटा र शान्ती श्री परियारको स्वर रहेको यो गीत युट्युबमा सबैभन्दा बढी रुचाइएको छ। भिडियोमा युवकको युवतीप्रति एकोहोरो प्रेमकथा देखाउन खोजिएको छ।

यो गीतलाई छ दिनमा पाँच लाख ७३ हजार बढी पटक हेरिएको छ। अर्जुन सापकोटा र गरिमा शर्माको अभिनय रहेको यो गीतका शब्द सन्तोष सापकोटाले लेखेका हन् । विशाल घिमिरे भिडियोका निर्देशक छन् ।

गीतमा एचबिएन किस्मतको एरेन्ज छ। भिडियोमा बिराज बास्कोटा, बादल घिमिरे, सुवास खत्री, आकाश नेपाली, शिवु पाण्डे, बाल कलाकार सायम केसी र आरूष केसीको अभिनय छ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्