झापा,जेठ ६ । वैशाख १ देखि जेठ ३ गतेसम्म विपद्का १ हजार ६२२ घटना भएका छन्।

राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार ती घटनामा परी ४२ जनाको मृत्यु भएको छ। १६७ जना घाइते भएका छन्। २ हजार ९ परिवार प्रभावित बनेको ६० करोड बराबरको आर्थिक क्षति भएको प्राधिकरणले जनाएको छ।

प्राधिकरणका अनुसार यसबीचमा आगलागीबाट २३ जनाको मृत्यु भएको छ। १ हजार ४१५ जना घाइते भएका छन्।

वन डढेलोबाट ६ जनाको मृत्यु भएको छ भने ४०७ जना घाइते भएका छन्। चट्याङबाट ९ जनाको मृत्यु भएको छ।
यसबीचमा अविरल वर्षाका कारण बाढी पनि आएको थियो। जसमा एक जनाको मृत्यु भएको छ।

जनावरको आक्रमणबाट १ जनाको मृत्यु भएको छ भने लेक लागेर २ जनाको मृत्यु भएको प्राधिकरणको तथ्यांक छ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्