बिर्तामोड,जेठ ६ । बिर्तामोड ४ स्थित इडन गार्डेन स्कुलमा निर्वाचन प्रक्रियाबाट विद्यालय क्याप्टेन चयन गरिएको छ ।

विद्यालय संयोजक गीताराम आचार्यले प्रमुख निर्वाचन आयुक्त भएर शुक्रवार निर्वाचन गराएका थिए । त्यस्तै प्राइमरी इन्चार्ज रविन सापकोटा मतदान अधिकृत रहेका थिए । मतदानबाट कक्षा ९ का साम्योग पुन २०३ मतसहित विद्यालय क्याप्टेन निर्वाचित भएका छन् । उनको चुनाव चिन्ह पुस्तक रहेको थियो । उनका प्रतिष्पर्धी साहिन वेगमले ५८ मत प्राप्त गरेकी छन् । कक्षा ४ माथिका २८१ विद्यार्थीले मतदानमा भाग लिएका थिए । २० मत बदर भएको थियो ।

लोकतान्त्रिक प्रणालीमा चुनावको महत्व बुझाउँदै आङ्खनो मौलिक हकलाई अनिवार्य प्रयोग गर्न सिकाउने, साथै सामाजिक विषयमा आवश्यक रहेकाले विद्यालयले निर्वाचन प्रणालीद्वारा विद्यालय क्याप्टेन छानेको सहायक प्रधानाध्यापक खेमराज आचार्यले बताएका छन् ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्