झापा , जेठ ७ । झापा बिर्तामोडको लक्की रेष्टुरेन्ट एण्ड फास्टफुडबाट दुई लागूऔषध कारोबारी पक्राउ परेका छन् ।

हिजो दिउँसो ४ बजेको समयमा विर्तामोड ३ स्थित लक्की रेष्टुरेन्ट एण्ड फास्टफुडको रुम नम्बर सी फोरबाट बिशेष सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय झापा र इलाका प्रहरी कार्यालय बिर्तामोडबाट खटिएको संयुक्त प्रहरी टोलीले बिर्तामोड नगरपालिका वडा नं. ५ गणपति बेकरी छेउ बस्ने २६ वर्षीय कुन्दनकुमार शर्मा र भारत पश्चिम बंगाल खोरीबारी मैनागुरी बस्ने २३ वर्षीय रोहित मुखियालाई पक्राउ गरेको हो । उनीहरुको साथबाट २० ग्राम ४०० मिलिग्राम ब्राउनसुगर बरामद भएको छ । आज झापा जिल्ला अदालतबाट लागूऔषध मुद्धामा म्याद थपको लागि कानुनी प्रक्रिया प्रारम्भ गर्नुका साथै सो सम्बन्धमा अनुसन्धान जारी रहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

यसैगरी मोरङको रतुवामाई नगरपालिका–२ मा इलाका प्रहरी कार्यालय डोरियाबाट खटिएको प्रहरी टोलीले भारतबाट नेपालतर्फ आउँदै गरेका पैदलयात्री रतुवामाई– ९ का २३ बर्षीय बिशाल थारु चौधरीलाई ट्रामाडोल, स्पास्मो र नाईट्राभेट गरि जम्मा ३५७ ट्याब्लेटसहित पक्राउ गरेको छ । त्यस्तै इलाका प्रहरी कार्यालय रानीबाट खटिएको प्रहरी टोलीले ३३ मिलिग्राम ब्राउनसगुरसहित बिराटनगर– १६ दरैयाबाट बिराटनगर– ११ की ३२ बर्षीया कल्पना राजभण्डारीलाई पक्राउ गरेको छ ।

त्यस्तै सुनसरीको हरिनगर गाउँपालिका–७ स्थित प्रहरी चौकी घुस्की र अस्थाई प्रहरी चौकी मोतीटप्पुबाट खटिएको प्रहरी टोलीले को. ३८ प ८८९२ र को. १३ प ४२४५ नम्वरको मोटरसाईकललाई रोकी चेकजाँच गर्दा उक्त मोटरसाईकलबाट स्रोत नखुलेको नेपाली नगद १० लाख ९ हजार २६० र भारु १३०, नियन्त्रित औषधि स्पास्मो ३२ पिस, गाँजासहितको चिलिम १ थान र बिभिन्न कम्पनीको मोवाईल ५ थान बरामद गरेसंगै मोटरसाईकलमा सवार देवानगंज–२ का २५ बर्षीय रहमान मियाँ , २४ बर्षीय सफराज मियाँ, २१ बर्षीय कुन्दन यादव, १९ बर्षीय विकासकुमार यादव र १८ बर्षीय प्रकाशकुमार यादवलाई नियन्त्रणमा लिएको छ । पक्राउ परेका उनीहरुको सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्