भद्रपुर , जेठ ७ । झापाको चन्द्रगढीमा मोटरसाइकल दुर्घटना हुँदा दुईजना सख्त घाइते भएका छन् ।

आज बेलुका ६ बजे भद्रपुर १० स्थित सिद्धार्थ चौकमा चन्द्रगढीबाट शहीद चौक घर जाने क्रममा प्रदेश १–०१–०१३प ८८७१ नं को मोटरसाइकल दुर्घटना हुँदा मोटरसाइकल चालक शहीद चौक निवासी २२ वर्षीय नवराज पाण्डे र पछाडि सवार भद्रपुर १० कै १८ वर्षीया पुष्पा कार्की घाइते भएका हुन् ।

तीब्र गतिमा मोटरसाइकल चलाउँदा अनियन्त्रित भई दुर्घटना भएको प्रत्यक्षदर्शीले बताएका छन् । घाइतेहरुलाई प्रहरीको सहयोगमा उपचारका लागि ओमसाई पाथीभरा अस्पताल लगिएको छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्