शिवसताक्षी, जेठ ७ । नेकपा एमाले शिवसताक्षी नगरपालिकाले यही जेठ १० र ११ गते नगर अधिवेशन गर्ने भएको छ ।


शिवसताक्षी नगरपालिकाको दूधेमा पत्रकार सम्मेलन गरी तयारीबारे जानकारी दिँदै दोस्रो नगर अधिवेशनको लोगोसमेत सावर्जनिक गरिएको छ ।

अधिवेशनका लागि शिवसताक्षी नगरका ११ वटै वडाबाट प्रतिनिधि छनोटका काम सकिएको छ । नेकपा एमाले जिल्ला कमिटी झापाले उपलब्ध गराएको विवरण अनुसार शिवसताक्षीमा २४२२ पार्टी सदस्य रहेको बताइएको छ ।अधिवेशनमा पार्टीको नविकरण गरेका सदस्यहरुमध्ये वडाबाट नगर अधिवेशनका चुनिएर आएका सदस्यले भाग लिन पाउने व्यवस्था छ । जसमा शिवसताक्षी नगरपालिका ११ वटै वडाबाट ५१३ सदस्य चुनिएर आएको नेकपा एमाले शिवसताक्षी नगर कमिटीले जनाएको छ । अन्य जनवर्गीय संगठन चुनिएका प्रतिनिधिगरी करिब ७०० प्रतिनिधिहरु अधिवेशनमा सहभागी हुने एमाले शिवसताक्षी नगर कमिटीका कार्यवाहक अध्यक्ष कमल नेपालले जानकारी दिए ।

अधिवेशन प्रतिनिधि छनोटमा ३३ प्रतिशत महिला,२० प्रतिशत युवाहरुको उपस्थिति अनिवार्य गराइएको छ भने, आदिवासी जनजाति, पिछडा वर्ग, दलित, मजदुर, अपाङ्गता भएका सबै वर्गको प्रतिनिधित्व हुनेगरी अधिवेशन प्रतिनिधि चयन गरिएको छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्