झापा, जेठ ८ । नेपाली कांग्रेसका युवा नेता नरेन्द्र खड्का राष्ट्रिय प्रजातन्त्र पार्टीमा प्रवेश गरेका छन् ।

राप्रपा अध्यक्ष राजेन्द्र लिङ्गदेनले अविर र खादा लगाइदिएर उनलाई पार्टी प्रवेश गराएका हुन् । यसअघि खड्का कांग्रेसको भ्रातृ संगठन तरुण दल झापाका पूर्व अध्यक्ष थिए । मेची उद्योग बाणिज्य संघको पूर्व अध्यक्ष खड्का हाल नेपाल उद्योग बाणिज्य महासंघका केन्द्रीय सदस्यसमेत रहेका छन् ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्