झापा,जेठ ८ । मोरङको बेलबारी नगरपालिका–९ स्थित बैराखुनीमा करेन्ट लागेर ३७ वर्षीय अनिल शेर्पाको मृत्यु भएको छ । मंगलबार बिहान साढे ९ बजे घर नजिकै रहेको कुखुरा फर्ममा फेन जोड्ने क्रममा करेन्ट लागेर उनी घाइते भएका थिए । उनको उपचारको क्रममा नोबेल अस्पताल विराटनगरमा मृत्यु भएको इलाका प्रहरी कार्यालय बेलबारीले जनाएको छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्