बिर्तामोड , जेठ १० । लायन्स क्लब अफ बिर्तामोड लेडीले लागूऔषध दुर्व्यसनीविरुद्ध चेतनामुलक कार्यक्रम बिर्तामोड ५ स्थित सरगम संगीतालयमा सम्पन्न गरेको छ ।

बिर्तामोड ५ नं वडा कार्यालयको आर्थिक सहयोगमा सम्पन्न कार्यक्रममा इलाका प्रहरी कार्यालय बिर्तामोडकी प्रहरी नायव निरीक्षक गीता कार्कीले लागूऔषध दुर्व्यसनका बारेमा जानकारी दिएकी थिइन् । सोही कार्यक्रममा महिलाहरुलाई नेतृत्व विकास तालिमसमेत दिइएको थियो । जसको सहजीकरण संचारकर्मी लीला अनमोलले गरेकी थिइन् ।

बिर्तामोड ५ का वडाध्यक्ष रोहित प्रसाईको प्रमुख आतिथ्य एवं लायन्स क्लब अफ बिर्तामोड लेडीकी अध्यक्ष निरु उप्रेती ओलीको अध्यक्षतामा भएको कार्यक्रममा बिर्तामोड ५ का वडा सदस्यहरु ओमभक्त सेढाई , दुर्गा शिवाकोटी , कृषि बजार व्यवस्थापन समिति बिर्तामोडका अध्यक्ष निरजकुमार ओली , लायन्स लिडर, बिभिन्न संघ संस्थाका प्रतिनिधिलगायतको सहभागिता रहेको थियो ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्