झापा, जेठ ११ । हात्तीपाइलेबिरुद्धको राष्ट्रिय आम औषधि सेवन अभियानको म्याद १० दिन थप्दासमेत भद्रपुर नगरपालिका असफल भएको छ ।

बैशाख १६ गतेदेखि ३० गतेसम्म निर्धारित अभियानलाई १० दिन म्याद थपेर जेठ १० सम्म पुर्याउँदासमेत भद्रपुरले लक्ष्य हासिल गर्न सकेन । नगरका ५४ प्रतिशतलाई मात्र औषधि सेवन गराउन सकेको भद्रपुरको नतिजा सबैभन्दा कमजोर बनेको हो ।
बैशाख १६ गतेदेखि ३० गतेसम्म अभियान संचालन हुँदा भद्रपुरले ४४.२७ प्रतिशतलाई औषधि सेवन गराएको थियो । थपिएको १० दिनमा त्यसलाई बढाएर ५४ प्रतिशत पुर्याएपनि लक्ष्य हासिल गर्न नसकेको स्वास्थ्य कार्यालय झापाका प्रमुख रमेश बाह्रकोटीले बताए । भद्रपुरले गत वर्ष पनि ५३ प्रतिशतलाई औषधि सेवन गराएको थियो ।

१० दिन म्याद थपिँदा हात्तीपाइले रोगविरुद्धको आम औषधि खुवाउने कार्यक्रमअन्तर्गत झापाका ८४ प्रतिशतले औषधि सेवन गरेका छन् । बैशाख १६ देखि बैशाख ३० गतेसम्म संचालित आम औषधि कार्यक्रम अन्तर्गत ७९.४६ प्रतिशतले औषधि सेवन गरेकोमा थपिएको म्यादमा संख्या बढेर ८४ प्रतिशत पुगेको स्वास्थ्य कार्यालय झापाका प्रमुख बाह्रकोटीले बताए ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्