झापा, जेठ ११ । ताप्लेजुङको फुङलिङ नगरपालिका– ४ बाट लागूऔषध ब्राउनसुगरसहित २ जनालाई प्रहरीले पक्राउ गरेको छ ।

हिजो दिउँसो साढे १ बजे लागूऔषधको बेचबिखन भइरहेको भन्ने बिशेष सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय ताप्लेजुङबाट खटिएको प्रहरी टोलीले फुङलिङ नगरपालिका–७ का ४८ बर्षीय कुमार भन्ने प्रेमकुमार गुरुङलाई फेला पारी चेकजाँच गर्दा उनको साथबाट १६ मिलिग्राम ब्राउनसुगर, नगद ३ हजार ७ सय ५०० र १ थान मोवाइल बरामद गरेको थियो ।

नियन्त्रणमा लिएर उनलाई सोधपुछ गर्दा फुङलिङ नगरपालिका–१ का ३७ बर्षीय चन्द्रबहादुर लिम्बूसमेत बेचबिखनमा संलग्न रहेको प्रारम्भिक अनुसन्धानबाट खुल्न आएसंगै लिम्बूलाई समेत पक्राउ गरेको हो । पक्राउ परेका उनीहरुको सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्