झापा, जेठ ११ । विराटनगर महानगरपालिकासहित आसपासका क्षेत्रमा आतंक मच्चाउँदै हिँड्ने ६ जनालाई प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा विराटनगर–७ का २० वर्षीय नेनी शेर्पा, ११ का १८ वर्षीय शाहरुख मियाँ शेख, १९ वर्षीय फैजल खान, विराटनगर–१२ का १८ वर्षीय सुमित ठाकुर, १९ वर्षीय प्रियसिल नारायण चौधरी र २० वर्षीय साजन गुरुङ रहेका छन् । उक्त समूहले विराटनगरका विभिन्न होटल तथा रेस्टुरेन्टहरुमा खाएर बिल तिर्न नमानी माग्दा धम्क्याउदै आक्रमण गर्ने गरेको प्रहरीले जनाएको छ । सो समुहमा अन्य व्यक्तिहरु पनि संलग्न रहेकाले प्रहरीले खोजी कार्य तीब्र पारेको छ ।

प्रहरीका अनुसार उक्त समूहले विराटनगर–४ एयरपोर्ट लाइनमा रहेको सिंहासन रेस्टुरेन्ट परिसरमा गत जेठ ६ गते राति रेस्टुरेन्टका कर्मचारी राहुल सहनीमाथि आक्रमण गरेको थियो । हतियारसहित पुगेको समूहले त्यहाँ रहेका अन्यलाई पनि धम्क्याएको थियो ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्