झापा, जेठ ११ । ओखलढुङ्गामा सडेको अवस्थामा एक पुरुषको बेवारिसे शव फेला परेको छ ।
खिजिदेम्बा गाउँपालिका–८ मा रहेको भुसिंगा खोला जलविद्युत आयोजनाको मुहानको छेउमा शव फेला परेको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक विजय कार्कीले बताए । फेला परेको शवको आवश्यक कानुनी प्रक्रिया पूरा गरी परीक्षणका लागि जिल्ला अस्पताल रुम्जाटार पठाइएको कार्कीको बताए ।

शवको पहिचान र घटनाबारे अनुसन्धान थप भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्