झापा, जेठ ११ । गायक तथा सङ्गीतकार नागेन्द्र श्रेष्ठको ‘तिमी सुस्तरी छेउ आइदेउन’ बोलको गीतको भिडियो सार्वजनिक भएको छ।

गायक किरण भुजेल र गायिका ममता गुरुङको स्वर रहेको सार्वजनिक गीतमा नवीन श्रेष्ठको शब्द सिर्जना र सङ्गीतकार नागेन्द्र श्रेष्ठको संगीत रहेको छ।

राहुल प्रधानले एरेन्ज गरेको गीतको भिडियोले प्रेममा सफल भएका दुई जोडीको रमाइलो कथालाई कलात्मक ढङ्गले वर्णन गरिएको छ। गीत क्लासिक फ्लेभरमा तयार पारिएको र आफ्ना अघिल्ला शृजनाभन्दा यो शृजनामा अलग स्वादसहित आएको सङ्गीतकार श्रेष्ठको भनाइ छ।

भिडियोमा गायक किरणसँगै ललना चिमोरिया, सम्राट अधिकारी, प्रिन्सिखा श्रेष्ठको अभिनय देख्न सकिन्छ।

किशोर थापाको मिक्सिङ तथा मास्टरिङ रहेको सार्वजनिक गीतको भिडियो निर्देशन केशवराज भट्टले गरेका हन् ।

निर्देशक भट्टकै कोरियोग्राफी रहेको तिमी सुस्तरी छेउ आइदेउनको छायाङ्कन विशाल थापाले गरेका हन् । कलर र सम्पादन दिनसन शाहले गरेका छन् । भिडियो सङ्गीतकार श्रेष्ठकै अफिसियल च्यानलबाट सार्वजनिक भएको हो।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्