झापा,जेठ ११ । मेची राजमार्गको फिदिम ताप्लेजुङ सडक खण्डअन्तर्गत पाँचथरको हिलिहाङ ७ हेवाखोलामा शुक्रबार साँझ गाडी दुर्घटनामा परी एक जनाको ज्यान गएको छ ।

त्रिशक्ति कन्स्ट्रक्सनका कर्मचारी बोक्ने बा १७ च ७९९९ नम्बरको टोयोटा कम्पनीको गाडी शुक्रबार साँझ पौने ६ बजे दुर्घटना भएको हो । अनियन्त्रित भएर पल्टिँदा सोही गाडीका चालक नेपालगन्जका अन्दाजी ३५ वर्षीय श्याम विश्वकर्माको घटनास्थलमै मृत्यु भएको हो । दुर्घटनामा इलामका ३१ वर्षीय लक्ष्मण मुखिया घाइते भएका छन् । उनलाई पाँचथर अस्पतालमा प्राथमिक उपचारपश्चात् झापातर्फ पठाइएको छ ।

गाडी सडकदेखि २५ मिटर तल खसेर उत्तानो परेको छ । अनियन्त्रित भएर दुर्घटना भएको हुनसक्ने जिल्ला प्रहरी कार्यालय पाँचथरका प्रहरी निरीक्षक दिवश कुँवरले जानकारी दिए ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्