झापा, जेठ १२ । नेकपा एमाले दमक नगर कमिटीको अध्यक्षमा राम पौडेल निर्वाचित भएका छन् ।
![](https://pratidindaily.com/wp-content/uploads/2024/05/444202689_7302532186511704_1383402368948917758_n.jpg)
दमक नगर कमिटीको दोस्रो अधिवेशनबाट पौडेल अध्यक्षमा निर्वाचित भएका हुन् । त्यस्तै उपाध्यक्षमा उर्मिला ओली,
सचिवमा गिरेन्द्र चम्लागाई , महिला उपसचिवमा सीता कार्की ,उपसचिवमा झसराज ढकाल निर्वाचित भएका छन् ।