विनोद सापकोटा,
दुधे, जेठ १२ । कम्युनिस्ट आन्दोलनको उर्वरभूमि झापाको शिवसताक्षीमा नेकपा एमालेको नेतृत्व परिवर्तन भएको छ ।

नेतृत्व परिवर्तनसँगै नेकपा एमालेको राजनीतिक गतिविधि पनि परिवर्तन हुने आम कार्यकर्ताले बताएका छन् । विद्यमान चुनौतीलाई सामना गर्न र नेतृत्वलाई सक्षम, सवल, पार्टीको विधि र पद्धती अनुसार चलायमान गर्न आम कार्यकर्ताले परिवर्तनशील नयाँ नेतृत्व खोजी गरेका थिए । । नेतृत्व परिवर्तनका लागि भएको निर्वाचनमा वडा नम्बर ९ का मेदनी दंगाल अध्यक्ष पदमा निर्वाचित भए । उनले ०३६ सालको किसान आन्दोलनदेखि एमालेमा सक्रिय राजनीति गर्दै आएका थिए । ०४६ सालमा एमालेको संगठित सदस्य भएर राजनीतिक मैदानमा देखिन थालेका दंगाल पार्टीको वडा कमिटी अध्यक्षदेखि एकै पटक नगरको अध्यक्ष हुने पहिलो व्यक्ति हुन् ।

शुक्रबार नयाँ नेतृत्व परिवर्तनका लागि भएको निर्वाचनको अन्तिम मत परिणाम शनिबार बिहान सार्वजनिक हुँदा दङ्गाल अध्यक्ष पदमा निर्वाचित भए । उनले २५४ मत प्राप्त गरेका छन् । अर्का उम्मेद्वार कमल नेपालले २२७ मत प्राप्त गरे ।
यस्तै उपाध्यक्ष पदमा चार जनाको उम्मेदवारी परेको थियो । १९५ मत ल्याएर विष्णु प्रसाई उपाध्यक्ष पदमा निर्वाचित भए । नक्कलमान शर्माले १६६, हर्कबहादुर सिगुले ६४ र राजबहादुर लिम्बूले ५१ मत प्राप्त गरे ।

लक्ष्मी गुरागाँई २४१ मत प्राप्त गर्दै सचिव पदमा निर्वाचित भए । उनले २३५ मत प्राप्त गरी भीम लुवाङलाई हराए ।
यस्तै उपसचिव पदमा सागर राई २१० मत प्राप्त गरी विजयी भए । लोकबहादुर रोक्का १७३ र उमानाथ पराजुलीले ८५ मत प्राप्त गरे ।
यस्तै हलतर्फ खुल्ला सदस्य सात जनामा गंगाराम नेपाल २५८, गायत्रीप्रसाद संग्रौला २५७, तेजेन्द्र घिमिरे २१६, दिलिप कुँवर २१५ , भोजराज ढकालले २१३, मित्र थापाले २१० र मनकुमार श्रेष्ठले १९८ मत प्राप्त गरेर विजय हासिल गरेका छन् । महिला उपसचिवमा कल्पना चौलागाईँ यसअघि नै निर्विरोध निर्वाचित भएकी थिइन् ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्