बिर्तामोड , जेठ १२ । बिर्तामोड ९ नडियावारीस्थित आदर्श नव युवा क्लबको अध्यक्षमा रमेश डाँगी चयन भएका छन् ।

खप्तडी बुढाथोकी क्षेत्री सेवा समाजको सभाहलमा आज भएको क्लबको साधारणसभा तथा तेस्रो अधिवेशनले डाँगीको अध्यक्षतामा नयाँ समिति चयन गरेको हो । जसको उपाध्यक्षमा तिलक बुढाथोकी , सचिव सूर्य चौधरी , कोषाध्यक्ष संगीता खड्का तथा सदस्यहरुमा लालबहादुर चौधरी , मोहन विक , रोमा सिलवाल , सुनिता राउत बुढाथोकी , धनबहादुर खड्का , किशोर विश्वकर्मा र सरोज खड्का रहेका छन् ।

कोशी प्रदेश सरकारका सिंचाई तथा ऊर्जा मन्त्री एकराज कार्कीले उद्घाटन गरेको कार्यक्रममा बिर्तामोड नगरपालिकाका उपप्रमुख नगेन्द्रप्रसाद संग्रौला , बिर्तामोड ९ का वडाध्यक्ष हरि चौलागाँई , खप्तडी बुढाथोकी क्षेत्री सेवा समाजका जिल्ला अध्यक्ष योगेन्द्र बुढाथोकीलगायतले शुभकामना मन्तव्य राखेका थिए । क्लबका अध्यक्ष केशव बुढाथोकीको अध्यक्षतामा भएको कार्यक्रममा उपाध्यक्ष अम्बिका खड्काले स्वागत तथा संस्थापक अध्यक्ष काजी बुढाथोकीले संचालन गरेका थिए ।

त्यस अवसरमा ज्येष्ठ नागरिक तथा अपांगता भएका व्यक्तिहरुलाई सम्मान गरिएको थियो । सम्मानित हुने ज्येष्ठ नागरिकहरुमा नारायण सिटौला , जगमाया शिवाकोटी , काशीनाथ सुवेदी , बलराम सुवेदी , ललितबहादुर खड्का , रुक्मणि प्रसाई ,अम्बिका बुढाथोकी ,मंगलीमाया राउत र सीता बुढाथोकी रहेका छन् । त्यस्तै अपांगता भएका संगीता कार्की र प्रकृति खड्कालाई पनि सम्मान गरिएको थियो ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्