झापा,जेठ १२ । नेकपा माओवादी केन्द्र भद्रपुरका अध्यक्षसहितले राजीनामा दिएर एमालेमा प्रवेश गरेपछि पार्टीले कार्यवाहक अध्यक्ष नियुक्त गरेको छ ।

नेकपा माओवादी केन्द्रको जिल्ला समन्वय समितिले मेदनी सिवाकोटीलाई कार्यवाहक अध्यक्षको जिम्मेवारी दिएको हो । दुई दिनअघि नेकपा माओवादी केन्द्र भद्रपुरका अध्यक्ष शिवकुमार राजभण्डारी, नरपति चापागाई , कुमार सेन्चुरीलगायत करिव दुई सयजना एमालेमा प्रवेश गरेका थिए ।

नगर अध्यक्षसहित जिम्मेवार नेता कार्यकर्ता एमालेमा प्रवेश गरेपछि माओवादी पार्टीलाई ठूलो धक्का लागेको छ । जसबाट पार्टी आक्रोशित बनेको छ । नेकपा माओवादी केन्द्रको जिल्ला समन्वय समितिका संयोजक राजु आचार्य र सचिव मोहन टुडूले एक विज्ञप्ति जारी गरी एमालेमा प्रवेश गरेका राजभण्डारीलगायतहरु पार्टी आन्दोलन र उत्पीडित उपेक्षित वर्ग समुदायप्रति बिश्वासघात गर्दै पलायन भएको आरोप लगाएका छन् ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्