वीरु दर्नाल ,
झापा । अमेरिकाको न्यू जर्सी राज्यको गभर्नर फिल मर्फीद्वारा गठित पहिलो एशियन अमेरिकी र प्यासिफिक आईल्याण्डर आयोग (AAPI Commission) मा नेपालकी डा. बिष्णुमाया परियार मनोनित भएकी छन् ।

डा. परियार गोरखा जिल्ला निवासी हुन् । गैरआवासीय नेपाली नागरिक डा. परियार नेपाली अमेरिकी सामाजिक अभियन्ता हुन् । काठमाण्डौमा आयोजित एक कार्यक्रममा गत महिना १ लाख १० राशिको नगद पुरस्कारसहित बद्री पहाडी कर्मशिल महिलाको रुपमा डा.परियार सम्मानित बनेकी थिइन् ।

नेपाली मुलकी डा. परियारसहित २८ जना व्यक्तित्वहरूलाई मनोनित गरिएको छ । यसरी कमिसनर नियुक्त हुने डा. परियार एक मात्र नेपाली हुन्। गभर्नर मर्फीले गत वर्ष सन् २०२१ को नोभेम्बरमा एएपिआई कमिसन स्थापना गरेका थिए भने मे महिना एएपिआई सम्पदा महिनाको रूपमा मनाईने अवसर पारेर उक्त नियुक्ति गरेका हुन्। गभर्नर मर्फीले एशियन अमेरिकी र प्यासिफिक आईल्याण्डरहरूको जनसंख्या न्यू जर्सी राज्यमा अमेरिकाभरमा तेश्रो ठूलो संख्या रहेको उल्लेख गर्दै राज्यको विविधतामा एएपिआई समुदायको मुख्य भूमिका रहेको बताएका छन्।

अमेरिकास्थित पत्रकार प्रदिप परियार थापाले दिएको जानकारी अनुसार एएपिआई आयोगले राज्यमा एएपिआई समुदायको सामाजिक र आर्थिक हकहितको निम्ति नीति निर्माण गर्ने र गभर्नर र राज्य सभामा वार्षिक प्रतिवेदन प्रस्तुत गर्ने जिम्मेवारी दिईएको छ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्