हल्दिबारी, जेठ १२ । नेकपा एमाले हल्दिवारीको दोस्रो गाउँ अधिवेशन आजदेखि शुरु भएको छ ।

अधिवेशनलाई पोलिटब्युरो सदस्य तथा झापा जिल्ला इन्चार्ज विशाल भट्टराईले उद्घाटन गरेका थिए । उनले आफू भए जित्ने अरु भए न जित्ने भन्ने अहमता त्यागेर संगठन विस्तारमा अगाडी बढ्न कार्यकर्तालाई निर्देशन दिएका छन् ।नेता भट्टराईले भरसक सर्वसम्मत, नभए स्वच्छ प्रतिष्पर्धाद्वारा नेतृत्व चयन गर्न सुझाव दिएका छन् ।

कार्यक्रममा संघीय सांसद तथा एमाले केन्द्रीय सदस्य अमृतलाल राजवंशी, प्रदेशसभा सदस्य छविलाल चुँडाल, प्रदेश कमिटी सदस्य बसन्त बानियाँ, जिल्ला कमिटी सचिव तुलसी कार्की, जिल्ला सदस्य ललिता बस्नेतलगायतले मन्तव्य राखेका थिए । नेकपा एमाले हल्दिबारीका अध्यक्ष त्रिलोचन सापकोटाको अध्यक्षतामा भएको उद्घाटन कार्यक्रमको संचालन कार्यवाहक सचिव हरिकृष्ण अधिकारीले गरेका थिए । भोलिसम्म चल्ने गाउँ अधिवेशनबाट नयाँ नेतृत्व चयन हुनेछ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्