कुमरखोद, जेठ १२ । नेकपा एमाले झापा गाउँपालिकाको दोस्रो गाउँ अधिवेशनवाट मोहन घिमिरे अध्यक्षमा सर्वसम्मत चयन भएका छन् ।

त्यस्तै उपाध्यक्षमा माधव पोख्रेल , सचिवमा साजेमान शेख , उपसचिवमा नेत्र खड्का र हेमा राई निर्वाचित भएका छन् ।
४१ जना सदस्यलाई बढाएर ५१ सदस्यीय रहनेगरी गाउँ कमिटी बनाइने नवनिर्वाचित उपाध्यक्ष पोख्रेलले बताए । झापा गाउँपालिकामा एमालेको संगठित सदस्य संख्या ७३६ रहेको छ ।

गाउँ कमिटीका कार्यवाहक अध्यक्ष गौरीशंकर राजवंशीको अध्यक्षतामा भएको कार्यक्रममा प्रमुख अतिथि पोलिटव्युरो सदस्य तथा झापा जिल्ला इन्चार्ज विशाल भट्टराई रहेका थिए । भट्टराईले जनताका सामु एमाले अब सकियो भन्नेहरुलाई इलाम र बझाङको उपनिर्वाचनले देखाइदिएको बताए । उनले कार्यकर्तालाई निर्देशन दिँदै भने, ‘अब गुट र उपगुटमा नलागी पार्टीलाई एक ढिक्का बनाएर ८४ को मिशन सफल पारौं ।’ कार्यक्रममा प्रदेशसभा सदस्य हिरा थापा , प्रदेशसभा सदस्य तथा क्षेत्र नं ४ ख इन्चार्ज गजेन्द्र ताम्ली , प्रदेशसभा सदस्य चन्द्र शेर्मा , अनेरास्ववियुका केन्द्रीय सचिव मनोज ताम्ली , एमालेका जिल्ला कमिटी उपाध्यक्ष शिव ढुंगेल र सचिव तुलसी कार्कीलगायतले नवनिर्वाचित सदस्यहरुलाई बधाई तथा शुभकामना दिएका थिए । कार्यक्रमको संचालन माधव पोख्रेल र साजेमान शेखले गरेका थिए भने स्वागत मन्तव्य जिल्ला सदस्य देवीमाया कोईरालाले गरेकी थिईन् ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्