झापा,जेठ १३ । अर्थ मन्त्रालयले आइतबार सार्वजानिक गरेको चालु आर्थिक वर्षको आर्थिक सर्भेक्षण अनुसार नेपालको लैंगिक उत्तरदायी बजेटको हिस्सा ४२.१६ प्रतिशत पुगेको छ ।
लैंगिक उत्तरदायी बजेट प्रणाली सुरु भएको १७ वर्षमा यो बजेट हिस्सा अहिलेसम्मकै उच्च हो ।
गतवर्ष भन्दा १.९१ प्रतिशतले बढि हो भने सुरु आर्थिक वर्षको तुलनामा तीन गुणा भन्दा बढि हो । सुरु आर्थिक वर्ष ०६४÷०६५ मा लैंगिक उत्तरदायी बजेटको हिस्सा ११.३० प्रतिशत थियो ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्