झापा , जेठ १४ । झापाको शिवसताक्षीमा पिकअपको ठक्करबाट एक पैदलयात्रीको मृत्यु भएको छ ।

गएराति अन्दाजी ८ः३० बजेको समयमा शिवसताक्षी ९ मिलन चौकस्थित पूर्वपश्चिम राजमार्गमा पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको प्र३-०१-०२७च ११२१ नं को पिकअप गाडीले पैदलयात्री शिवसताक्षी नगरपालिका ९ बस्ने बर्ष ६०–६२ का पुत्रथाम राईलाई ठक्कर दिएको थियो । टाउको तथा शरीरको बिभिन्न भागमा चोट लागेर घाइते भएका राईलाई इलाका प्रहरी कार्यालय झिलझिलेको मोबाइल गाडीद्वारा उद्दार गरी उपचारार्थ बी.एण्ड.सी. हस्पिटल बिर्तामोड ल्याइएकोमा राति ९ः२५ बजे उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

ठक्कर दिने सवारी तथा चालक शिवसताक्षी ९ बस्ने २८ वर्षीय अंकित चौधरी प्रहरी नियन्त्रणमा रहेको र सो सम्बन्धमा थप अनुसन्धान कार्य जारी रहेको झापा प्रहरीका प्रवक्ता डीएसपी कृष्णकुमार चन्दले बताए ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्