झापा , जेठ १५ । झापाको मेचीनगर ३ स्थित निन्दा खोलामा डुबेर एकजनाको मृत्यु भएको छ ।

आज दिउँसो १ बजेको समयमा मेचीनगर नगरपालिका ३ निन्दा खोलामा सोही वडाको बडाखाल बस्ने ४० वर्षीय धनराज भण्डारी पौडी खेल्न गएका थिए । त्यस क्रममा डुबेर बिहोस भएका भण्डारीलाई स्थानीयले देखेर उपचारको लागि बीएण्डसी अस्पताल बिर्तामोड पठाएकोमा दिउँसो २ः३४ बजे उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

अनुसन्धानको लागि ईलाका प्रहरी कार्यालय काँकडभिट्टाबाट प्रहरी नायव उपरीक्षकको टोली खटिगई घटनास्थलमा मुचुल्का सम्पन्न गरी सो सम्बन्धमा थप अनुसन्धान कार्य जारी रहेको झापा प्रहरीका प्रवक्ता प्रहरी नायव उपरीक्षक कृष्णकुमार चन्दले बताए ।मृतक भण्डारी मेचीनगर ३ स्थित नवज्योति निमाबिका शिक्षक भएको बताइएको छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्