झापा, जेठ १५ ।झापाको अर्जुनधारा ११ स्थित नयाँ बसपार्कमा तीनतला माथिबाट खसेर एक बालक गंभीर घाइते भएका छन् ।

आज राति ८.४० बजेतिर अर्जुनधारा ११ घर भई सोही गाउँकी सरस्वती लिम्बूको घरमा डेरा लिई बस्दै आएका प्रेम लामाका दुई वर्षीय छोरा ताहिर लामा तीन तलामाथि खेल्नेक्रममा झ्यालबाट खसेका थिए । झ्यालबाट मुनि रहेको टीनको छानामा बजारिएर ती बालक भुइँमा खसेको बताइएको छ । गंभीर अबस्थाका ती बालकलाई उपचारका लागि बीएण्डसी हस्पिटलमा भर्ना गरिएको बिर्तामोड प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्