झापा, जेठ १७ । रकम अभावले घरको छानो फेर्न नसकेका झापाको बुद्धशान्तिका एक परिवारलाई स्थानीय सामुदायिक वनले सहयोग गरेको छ ।

बुद्धशान्ति–७ का प्रकाश राईको चित्राले बेरेको घरमा छानो नहुँदा बर्खायाममा पानी चुहिन थालेको थियो । नमुना सामुदायिक वन उपभोक्ता समितिले दुई बन्डल जस्तापाता उपलब्ध गराएपछि राईको घरको छानो फेरिएको छ ।

स्थानीय गङ्गाबहादुर राईले उपलब्ध गराएको एक कठ्ठा जग्गामा प्रकाशको घर बनाइएको थियो ।

यसैबीच, उपचारका लागि आर्थिक अभावका कारण घरमै थलिएका राईलाई स्थानीय भक्त राईको सहजीकरण र वडाको समन्वयमा अस्पतालमा भर्ना गरेर उपचार सुरु गरिएको छ ।

प्रकाशको छानो निर्माण तथा उपचारका लागि वनका अध्यक्ष ताराबहादुर तामाङ, उपाध्यक्ष वेदप्रसाद अर्याल, कोषाध्यक्ष उर्मिला राई, सदस्य राजकुमार राईले सहयोग गरेका थिए ।

त्यस्तै, घरको छानो फेर्न स्थानीय युवा सञ्जय राई, सक्षम राई, राजीव राई, शक्ति कुलुङ, निश्चल राई, अनिश सुनुवारलगायतले सहयोग गरेका थिए ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्