झापा , जेठ १७ । झापाको दमकमा करेन्ट लागेर एकजनाको मृत्यु भएको छ ।

आज बिहान अन्दाजी ९.१५ बजेको दमक नगरपालिका २ बस्ने बर्ष ६२ का खगेन्द्र राईलाई आफ्नै दुईतले घरको माथिल्लो तलामा टिनको ट्रस्ट लगाउने क्रममा बिजुलीको पोलको तारमा टिन छुन गई करेन्ट लागेको थियो । घाईतेको आम्दा अस्पताल खरखरे दमकमा ल्याई उपचार भइरहेको बिहान १०.१४ बजे मृत्यु भएको दमक प्रहरीले जनाएको छ ।

प्राधिकरण कार्यालयको लापरवाहीका कारण राईको मृत्यु भएको भन्दै मृतकका आफन्तहरुले प्राधिकरणको दमक वितरण केन्द्रमा दबाब दिएका थिए । उनीहरुले मृतक परिवारले राहत पाउनुपर्ने माग गरेका थिए । दमक नगरपालिका प्रमुख रामकुमार थापा, दमक नगरपालिका वडा नम्बर २ का वडा अध्यक्ष प्रजापति सापकोटा, दमक बिद्युत कार्यालयका प्रतिनिधि, मृतक पक्षका आफन्तसमेत बसेर भएको छलफलमा तीनबुँदे सहमति भएको छ ।

नगरपालिकाले किरिया खर्चवापत ५० हजार दिने , बिद्युत कार्यालयले तत्काल ३० हजार दिने र उपल्लो बिद्युत कार्यालयसंग धेरैभन्दा धेरै क्षतिपूर्ति उपलव्ध गराउनको लागि स्थानीय निकाय, बिद्युत प्राधिकरणले संयुक्त रुपमा माग गर्ने सहमति भएको दमक प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्