झापा, जेठ १७ । चोरी गर्न गएका छिमेकीहरुले नै बिर्तामोड–४ शिवनगर निवासी ६७ वर्षीया विष्णुकुमारी विष्टको हत्या गरेको खुलेको छ ।

तीन साता लामो अनुसन्धानपछि प्रहरीले विष्टको हत्यामा संलग्न र हत्याको कारण पत्ता लगाउन सफल भएको हो । जिल्ला प्रहरी कार्यालय चन्द्रगढीमा आज दिउँसो पत्रकार सम्मेलन गरी विष्टको हत्यामा संलग्न पाँचै जनालाई सार्वजनिक गरिएको हो । घटनाका मतियार विर्तामोड ४ का २३ वर्षीय महेश राजवंशी , घटनाका मुख्य प्रतिवादी तथा योजनाकार बिर्तामोड ४ कै २३ गंगाप्रसाद राजवंशी , गंगाप्रसादकी श्रीमती २० वर्षीया श्रीमती वर्षा राजवशी , चोरी गरेको गरगहना बेच्न सहयोग गर्ने बिर्तामोड ४ कै ३३ वर्षीय ज्याक भन्ने भगीरथ माझी र चोरीको सामान किन्ने अर्जुनधारा ६ स्थित हनुमान सुन–चाँदी पसलका संचालक धनबहादुर कामीलाई पक्राउ गरी सार्वजनिक गरिएको हो ।

मिति २०८१ बैशाख २५ गते अन्दाजी साँझ ६ बजेको समयमा विर्तामोड ४ मा २३ वर्षीय महेश राजवंशी २३ वर्षकै गंगाप्रसाद राजवंशीको घरमा गई चोरी गर्न जाने योजना बनाई अन्दाजी राति ९ बजेको समयमा घरबाट सिटी सफारीमा टायर खोल्न प्रयोग हुने फलामको मार्तोल र रेञ्च थान–३ (पछि घटनास्थलबाट बरामद भएको) गंगा राजवंशी र १ थान मार्तोल महेश राजवंशीले बोकी हिडेको जुन पछि मिति २०८१÷०२÷ १६ गते अनुसन्धानको गंगा राजवंशीको घरबाट बरामद गरियो।

अन्दाजी राति ११ देखि १२ बजेको समयमा गंगाप्रसाद राजवंशी र महेश राजवंशी दुबै जना चोरी गर्न सुमन राजवंशीको घरमा गएको तर चोरी गर्न नसकेपछि स्थान परिवर्तन गरी निजहरु कालिकाचोकस्थित विष्णुकुमारी बिष्टको घरमा गएकोमा, महेश राजवंशी घर कम्पाउण्ड बाहिर बसी रेखदेख गर्ने र गंगाप्रसाद राजवंशी मृतक विष्णुकुमारी बिष्टको पर कम्पाउण्डभित्र प्रवेश गरी घरको पश्चिमपट्टीको झ्याल खोली हेर्न खोज्दा निज मृतकले फोनमा चोर आए जस्तो छ भनेको सुनेपछि गंगाप्रसाद राजवंशी घरबाट हामफाली भागेका थिए । महेश राजवंशीले पनि आफूले बोकेको मार्तोल नजिकै झाडीमा फ्याली गंगाप्रसादलाई पछ्याउदै दुबै जना भागेर अन्यत्र नजिक गए भने छिमेकीहरु विष्णुकुमारी बिष्टको घरमा जम्मा भएपछि गंगाप्रसादले घटनास्थल निकट रहेको डम्बरकुमारी प्रसाईको घर कोठाको झ्यालबाट हात छिराई सो कोठामा रहेको कालो रंगको झोला निकाली सो झोलामा रहेको अन्य सामान वाहिर पेटीमा फाली त्यसमा रहेको रहेको रू ७०० नगद र झोला लिई ल्याएको रड र रेञ्चु सोही झोलामा राखी मकैघारीमा लुकेको र जम्मा भएका छिमेकीहरु अन्दाजी ११ः४५ बजे आ–आफनो घर गएपछि मृतक विष्णुकुमारी विष्ट ढोका लगाई भित्र छिरेपछि गंगाप्रसाद फेरि उतर–पूर्वतर्फको पर्खालबाट घर कम्पाउन्डमा छिरी घरको पूर्वतर्फ रहेको ट्वाइलेट पछाडी उक्त झोला घरको बाहिर कम्पाउण्डमा राखि विष्णुकुमारी विष्टको घरमा प्रवेश गर्दा महेश राजवंशी घर कम्पाउण्ड वाहिर अन्दाजी एक घण्टा जति रेखदेख गर्दै निजलाई कुरेर बसि आफ्नो घरतर्फ लागेको र बैशाख २६ गते विहान उक्त घटनास्थल वरपर फ्यालेको उक्त मार्तोल निज महेश राजबंशीले टिपेर लगी गंगाप्रसाद राजवंशीको घरमा राखेर आएको।

अन्दाजी १२ः१० बजेको समयमा विष्णु कुमारी बिष्ट बाहिरको बत्ती बाली, ढोका खोली ट्वाईलेट जाँदा गंगाप्रसाद राजवंशी घरको ढोकामा रहेको रड लिई घरभित्र प्रवेश गरी उत्तर (पूर्वतरिको कोठामा खाटमुनि अन्दाजी १ घण्टासम्म लुकी बसेको र मृतकले फोनमा संवाद भएको बखत निजले सो कोठाको खाटमा चढी दिसा गरेको।
मृतक विष्णुकुमारी बिष्टको फोन संवाद सकी निज सुत्न खोज्दा सोही समयमा गंगाप्रसाद राजबंशी घरबाट बाहिर निस्कन खोज्दा मृतकले देखेर चोर आयो भनी गुहार माग्दा गंगाप्रसाद राजबंशीले हातमा लिएको रडले टाउकोमा ३ पटक प्रहार गरी मृतकलाई भुइँमा लडाई निजले लगाएका गरगहना लछारपछार गरि निकालेर सोही रडले दराज फोडी त्यहाँ रहेको सुनका र मोबाईल झोला राखी टेवलमा रहेको साँचोले मुल ढोका खोली पश्चिमतर्फको पर्खालबाट विहान अन्दाजी २ः४५ बजे घरमा गएर मोबाइल स्वीच अफ गरी सम्पूर्ण सामान खाटमुनि राखेको र मोवाईल घरको पाटाको सन्ठीको बोराभित्र राखेको।
बैशाख २७ गते गंगाप्रसाद राजबंशीलाई सोधपुछको लागि प्रहरी चौकी, विर्ताबजारमा लगेको बेलामा उनले आफ्नी श्रीमती वर्षा राजवंशीलाई उक्त बोरा खोलामा फाल्न लगाएको ।

बैशाख २८ गते अन्दाजी दिउँसो ३ बजेको समयमा गंगाप्रसाद राजवंशीले औठी झिकी अन्य सामान घरको दक्षिणतर्फ रहेको कलधाराको नालामा रहेको स्लेबमुनी लुकाई राख्दाको अवस्थामा उनकी श्रीमती वर्षा राजवशीले समेत देखेको।
जेठ १६ गते सुनको औठी निज गंगाप्रसाद राजवंशीले ज्याक भन्ने भगीरथ माझीको सहयोगमा जिल्ला झापा अर्जुनधारा नपा वडा न. ६ स्थित हनुमान सुन–चाँदी पसलमा सोका संचालक धनबहादुर कामीलाई रू २०००० हजारमा बेचेको प्रहरी उपरीक्षक मिलन केसीले जानकारी दिए ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्