झापा , जेठ १८ । गएराति झापाका विभिन्न ठाउँमा परेको चट्याङले क्षति गरेको छ ।

राति ८ बजेको समयमा वर्षासँगै परेको चट्याङले कचनकवल गाउँपलिका वडा नम्बर ७ फर्साडाँगी बस्ने ४५ वर्षीय देवराज न्यौपानेको मिलघरमा जडान गरेको बिजुलीको मिटरमा आगलागी भएको छ । मिटर पूर्ण रुपमा जल्दा ७ हजार बराबरको क्षति भएको छ ।

त्यस्तै हिजो साँझ ७ः३० बजेको समयमा वर्षासँगै परेको चट्याङले झापा गाउँपालिका वडा नं. ३ टाघनडुब्बा बस्ने ३२ वर्षीय अशोक गणेशको इटा सिमेन्टले बनेको टिनको छानो भएको एक तले घरमा जडान गरिएको विजुलीको मिटर, सोलार प्यानल र विजुली तार समेत पूर्ण रुपमा जल्दा अन्दाजी १० हजार बराबरको क्षति भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्